विवाह भनेको के हो
मुलुकी देवानी ( संहिता ) ऐन २०७४ को दफा ६७ विवाह भएको मानिने ः
कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।
विवाहा दर्ता ऐन २०५८ दफा ५ बमोजिम विवाहा गर्न चाहाने सोही ऐनको दफा ४ले तोकेको योग्यता पुगेको पुरुष र स्त्रीले तोकिएको ढाचा दरखास्त दिई विवाहा दर्ता गर्ने प्रबधान छ ।
नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत शब्दकोशमा विवाहा भनेको “स्त्री र पुरुषका वीचमा पति पत्नीको सम्बन्ध कायम गराउने धामक , सामाजिक कृत्य लाई विवाहा भनिन्छ भनिएको छ । त्यस्तै सम्बन्ध बिच्छेद भन्नाले दम्पती मध्ये पति वा पत्नीका रुपमा रहन नचाहेमा सामुहिक वा कानुनी बिधी अनुसार गरिने सम्बन्धभङ्ग र पारपाचुके भनि भनिएको छ ।
बल्याक ल डिक्सनेरीले विवाहा भन्नाले स्त्री र पुरुष कानुनी बन्धनमा रही लोग्ने र स्वस्नी हुनु हो ।विवाहा र विवाहाको सम्झौता र विवाहा भइसकेको अबस्था फरक हुन् । विवाहाले ब्यक्तीलाई कानुनी रुपमा जीवन जिउन श्रीमान र श्रीमती रहन्छन् जबसम्म सम्बन्ध बिच्छेद गर्दैनन् ।
हाम्रो काननूी व्यवस्था हेर्दा कानूनले निम्न तीन प्रकारको विवाहलाई मान्यता प्रदान गरेको छ ।
१) परम्परागत विवाहः– आफ्नो रीतिस्थिति कुल परम्परा अनुसार घर सल्लाह गरी वा परिवारको इच्छाअनुसार गरीने मागी विवाहलाई बुझिन्छ । यस प्रकारको विवाह नेपालमा धेरै प्रचलित छ ।
२) दर्ता विवाहः– दर्ता विवाह भन्नाले कानूनी प्रक्रिया पु¥याई सम्बन्धित जिल्ला अदालतमा गई निवेदन गरी जिल्ला अदालतले दर्ता गरिदिइ गरिने विवाहलाई जनाउँछ । यस प्रकारको विवाह गर्न चाहने केटाकेटीले २ जना साक्षी राखी जिल्ला अदालतमा निवेदन दिनुपर्दछ र जिल्ला अदालतले निवेदन माथि आवश्यक अनुसन्धान गरी साक्षीहरुको रोहवरमा दर्ता विवाह गरी सोको प्रमाणपत्र प्रदान गर्दछ ।
३) गन्धर्व वा प्रेम विवाहः– कुनै पनि उमेर पुगेको केटा वा केटीले एकापसमा प्रेम भई संरक्षकको मन्जुरी बिना आफूखुशी गरिने विवाहलाई जनाउँदछ ।
गराउन नहुने विवाह
विवाह बदर हुने
देहायको अवस्थामा भएको विवाह स्वतः बदर हुनेछः–
(क) पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह
(ख) हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको विवाह ।
यस्तो विवाह प्रारम्भदेखि नै अमान्य हुनेछ ।