१ ) गैर आवसीय नेपालीसंग विवाह गर्नु अघि गैर आवसीय केटा वा केटीको सम्पूर्ण ब्यक्तिगत सूचना पत्ता लगाउनु होस् ।
२) गैर आवसीय नेपाली केटा वा केटी अविवाहित हो वा होईन , सम्बन्ध विच्छेद भएको , छुट्टिई बसेको अवस्था एकल हो होइन , रोजगारीको सम्पूर्ण विवरण , शैक्षिक योग्यता , जागिरको विवरण , सबै खोज्नु पर्दछ ।
३) गैर आवसीय नेपालीको आर्थिक अवस्था कस्तो छ । निजको नेपालमा जग्गा जमिन सम्पत्ति कतिको छ । निजको परिवार नेपालमा कुन ठाँउमा बसोबास गरेका हुन् सम्पूण विवरण खोज्नु पर्दछ ।
४) गैर आवसीय नेपालीको भिसा पासर्पोट , भोटर कार्ड , सामाजिक सुरक्षा नम्बर समेत खोजेर लिनु पर्छ । अथवा स्कान गरेर विश्वासिलो साथिलाई दिनु पर्छ ।
५ ) गैर आवसीय नेपाली संग विवाह गर्दै हुनु हुन्छ भने नेपालमा हो भने आफू बसोबास गरेको जिल्ला अदालतमा गई अनिवार्य रुपमा विवाह दर्ता गर्नु पर्दछ । यदी तपाई विदेशमा हुनु हुन्छ भने सम्बन्धित राजदुतावासमा गई विवाह दर्ता गर्नु पर्दछ । विवाहा गर्दा खिचेको फोटो हरु सुरक्षित राख्नु पर्दछ ।