गैरआवासीय नेपाली (एन.आर.एन) सगको विवाह

nrnmarriage

गैर आवसीय  नेपाली ( एन. आर . एन ) विवाह भन्नाले नेपाली नागरिकता लिई नेपालमा बसोबास गरेको महिला वा पुरुष र विदेश स्थित विदेशी नागरिकता लिई नेपाली नागरिकता त्यागेको नेपाली नेपाली पुरुष महिला बीच भएको वैवाहिक सम्बन्धलाई  गैर आवसीय  नेपाली ( एन. आर . एन ) विवाह भनिन्छ । परिवारिक सम्बन्ध जस्तै विवाह , सम्बन्ध विच्छेदको कानून देश पिच्छे फरक फरक छन् ।

                  नेपालमा आमा बुवाले आफ्नो छोरा छोरीलाई विदेशी   गैर आवसीय  नेपाली संग विवाह गराउदा आफ्नो प्रतिष्ठा मान सम्मान  बडेको सम्झन्छन् ।  गैर आवसीय  नेपाली संगको विवाह राम्रो हुन्छ भन्ने छैन । हामीले   गैर आवसीय  नेपाली संगको विवाह गर्दा धेरै कुराको बिचार गर्नु पर्ने हुन्छ ।

गैर आवसीय नेपालीले विवाह गर्नु अघि विचार गर्नु पर्ने कुराहरु

१ ) गैर आवसीय  नेपालीसंग  विवाह गर्नु अघि गैर आवसीय  केटा वा केटीको सम्पूर्ण ब्यक्तिगत सूचना पत्ता लगाउनु होस् ।

२) गैर आवसीय  नेपाली केटा वा केटी अविवाहित हो वा होईन , सम्बन्ध विच्छेद भएको , छुट्टिई बसेको अवस्था एकल हो होइन , रोजगारीको सम्पूर्ण विवरण , शैक्षिक योग्यता , जागिरको विवरण , सबै खोज्नु पर्दछ ।

३)  गैर आवसीय  नेपालीको आर्थिक अवस्था कस्तो छ । निजको नेपालमा जग्गा जमिन सम्पत्ति कतिको छ । निजको परिवार नेपालमा कुन ठाँउमा बसोबास गरेका हुन् सम्पूण विवरण खोज्नु पर्दछ ।

४)  गैर आवसीय  नेपालीको भिसा पासर्पोट , भोटर कार्ड , सामाजिक सुरक्षा नम्बर समेत खोजेर लिनु पर्छ । अथवा स्कान गरेर विश्वासिलो साथिलाई दिनु पर्छ ।

५ )  गैर आवसीय  नेपाली संग विवाह गर्दै हुनु हुन्छ भने  नेपालमा हो भने आफू बसोबास गरेको जिल्ला अदालतमा गई अनिवार्य रुपमा विवाह दर्ता गर्नु पर्दछ । यदी तपाई विदेशमा हुनु हुन्छ भने सम्बन्धित राजदुतावासमा गई विवाह दर्ता गर्नु पर्दछ । विवाहा गर्दा खिचेको फोटो हरु सुरक्षित राख्नु पर्दछ ।

गैर आवसीय नेपाली संग विवाह गर्दा गर्न नहुने कुराहरु

१ ) विवाह जीवनमा गरिने महत्वपूर्ण फैसला हो । विवाह गर्दा कहिल्यै हतारमा नगर्नु होला । विवाह   दवाबमा गर्नु हुदैन  ।

२ ) विदेश जाने सोच बनाएर अथवा ग्रिनकार्ड पाउने उद्देश्यले नक्कली विवाहा गरी विवाह दर्ता गर्नु हुदैन ।

३) विवाह जस्तो कुरामा फोनमा कुरा गरेको आधारमा विवाह गर्ने सोच नबनाउनुस् । गैर आवसीय  नेपालीको परिवार बुझेर भेटेर मात्र विवाहको फैसला गर्नु पर्दछ ।

४) म्यारिज ब्युरो र बीचको मान्छेले भनेको आधारमा पूर्ण विश्वास गरी विवाह गर्नु हुदैन ।

५ ) विवहा गर्दा भनेको कुरा हरुको आपसमा चेक गर्नु होस् ।

६  ) गैर आवसीय  ब्यक्तिसंग विवाह गर्नु पर्दा कहिल्यै पनि गोप्य तरिकाले विवाह नर्गनु । विवाह हुन लागेको खबर सम्पूर्ण साथिभाई नातागोतालाई भन्नु होस् । तपाईले विवाह गर्न लागेको केटा वा केटीलाई तपाईको नातागोता साथी भाईले चिनेको हुन सक्छ र महत्वपूर्ण जानकारी तपाईले प्राप्त गर्नु हुनेछ  ।

गैर आवसीय नेपाली संग विवाह गर्दा देखिएको समस्या

१ ) विदेशी नेपाली महिला पुरुष विवाहको लागि पैसा दाईजो माग्ने र विवाह नगरी जाने ।

२ ) नेपाली महिलालाई विदेशमा लगेपछि यातना दिने ,महिला हिंसामा परेको अवस्था ।

नवविवाहिता जोडीले विदेशमा अपनाउनु पर्ने सावाधानिका उपाय

तपाई विदेशमा विवाह गरी जानु भएको छ भने तपाई विदेशमा जाने वित्तिकै आफू बसेको ठाउमा बैंक खाता खोल्नु होला । तपाइले बैंक खाता खोलेको खण्डमा अप्ठारो परेको अवस्थामा उक्त जम्मा गरेको पैसा तपाईले उपभोग गर्न सक्नु हुनेछ । विदेशी कानून पढ्नु , महिला हिंसामा परेको अवस्थामा के गर्ने कुन ठाँऊमा जाने सबै बिचार गर्नु पर्दछ । तपाई विदेश गए पछि त्यँहा रहेका  आफन्तहरु  संग सम्पर्कमा रहनुस् । सकेसम्म आफू बसोबास गरेको ठाँउको भाषा सिक्नु होस् ।