विदेशी नागरिकले नेपालमा सजिलै विवाह दर्ता गर्न सक्दछन् । सर्बप्रथम विवाहको लागि विदेशी नागरिकले अविवाहित रहेको प्रमाणपत्र दिनु पर्दछ । अविवाहित रहेको अर्थात नो अबजेक्सन पत्र बिदेशी राजदुतावास बाट बिदेशीले लिएर अए पछि नेपालमा कम्तिमा १५ दिन बसोबास गरेको अवस्थामा नेपालको जिल्ला अदालतमा विवाह दर्ता गर्न सक्दछन् । यदी बिदेशी नागरिकले पहिल्यै विवाह गरेको रहेछ भने पहिलाको श्रीमती संग सम्बन्ध विच्छेद भएको प्रमाणित कागज आवश्यक पर्दछ । विदेशी नागरिकले विवाह गर्दा विवाह नेपालमा गर्ने भए पनि सम्बन्धित देशको विवाह सम्बन्धी कानूनको नेपालीमा नोटरी पब्लिकमा अनुबाद गरी अदालतमा पेश गर्नु पर्दछ ।
विदेशी नागरिकले निजको नागरिकता भएको देशको विवाह सम्बन्धी कानुनको नेपालीमा अनुबाद गरेपछि , नेपालमा कम्तीमा पन्ध्र दिन बसोबास गरेको अस्थाई बसोबास गरेको सम्बन्धित वडा बाट भएको सिफारिस राखे पछि संम्बन्धित जिल्ला अदालतले विदेशीको विवाह दर्ता गर्दछ ।