कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा देहायको विवरण खुलाई निवेदन दिनु पर्छ ।
- आफ्नो नाम थर उमेर ठेगाना पेशा
- बाबु आमा बाजे बज्यैको नाम
- अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा
- कम्तीमा दुई जना साक्षीको नाम
- निवेदन दिनका लागि पुरुष वा महिला वा दुवै निवेदन दिनु अघि सम्बन्धित जिल्लामा कम्तीमा १५ दिन देखि रहे बसेको हुनु पर्छ ।
- विदेशी र विदेशी तथा विदेशी र नेपाली नागरिकले नेपालमा विवाह गर्दा निजहरुले आ- आफ्नो नागरिकता रहेको मुलुकको कानून बमोजिम निर्धारित सक्षमता योग्यता र शर्त पालना गर्नु पर्दछ ।
- विदेशी नागरिकले आफ्नो देशको कानून बमोजिम विवाह गर्न योग्य र सक्ष्म भएको कुराको स्वःघोषणा गरी आफ्नो देशको विवाह सम्बन्धी कानूनको नेपालीमा अनुवाद गरिएको प्रतिलिपि निवेदन साथ पेश गर्नुपर्छ ।
- निवेदन जाँच गर्दा कानून बमोजिमको रित पुगेको देखिएमा निवेदन दर्ता किताबमा दर्ता गरी इजलास समक्ष पेश गर्नुपर्छ ।
विवाहको लागि परेको निवेदनका सम्बन्धमा छानविन गर्दा निवेदन माग बमोजिम दर्ताद्वारा विवाह हुने अवस्था देखिएमा सोही ऐनको दफा ७९ बमोजिमको विवाहको सहमति पत्र तयार गरी पुरुष महिला र उपस्थित साक्षीको सहीछाप गराई विवाह दर्ता किताबमा दर्ता गरी विवाहको प्रमाणपत्र दिने निर्णय गर्नुपर्छ ।