हामी अहिले कोभिड –१९ को महामारीबाट पिडित भएका छौ । दाम्पत्य जीवनलाई सुमधर वनाउनका लागी ग गरिने विवाह एक सर्त हो । विवाहका विविध तरिका मध्ये Court Marriage कोटम्यारिज यस महामारीको अवस्थामा अझै उपयुक्त मानिन्छ । किनकी विना भिडभाड कानूनी मान्यता प्राप्त Court Marriage कोर्ट म्यारिज गर्नको लागी अदालत जानु भन्दा पहिला निम्न बिषयमा ध्यान दिनु आवश्यक हन्छ ।
कोर्ट म्यारिज Court Marriage नै किन गर्ने
क) यस महामारीको समयमा भिडभाड र तडक भडकबाट टाढा रहन
ख) संस्कृति अनुसारको विवाह सम्भब नभएकोले
ग) समयको वचत र अन्य व्यक्तिहरुको सहभागितालाई सिमित गर्न
घ) पैसाको वचत गर्न
घ) पूर्णरुपमा कानूनी मान्यता प्राप्त हुने । विदेशमा समेत यसले मान्यता पाउने हुन्छ ।
कोर्ट म्यारिज Court Marriage गर्दा ध्यान दिनु पर्ने कागजात हरू
१। वडा कार्यालयबाट अविवाहित वा विवाह गर्न उपयुक्त भनी गरिने सिफारिस
विवाहा गर्न चाहाने केटा केटी दुबैले नेपालमा कोर्ट म्यारिज अथवा विवाह दर्ता र्गनको लागि अविवाहित भएको अर्थात सिन्गल रहेको भन्ने प्रमाणपत्र सम्बन्धति वडा कार्यालय वा गाउपालिकाबाट निकाल्नु पर्दछ ।
२. अविवाहित भएको सिफारिस काहा बाट निकाल्ने
अविवाहित भएको सिफारिस तपाईको घर भएको ठाउँबाट निकाल्नु पर्दछ । घरभएको ठाउँ भन्नाले तपाइ स्थायी रुपमा बसोबास गरेको ठाउँ ।
३. डेरागरी बसेकोमा
काठमाण्डौ र अन्य जील्लामा डेरागरी बसेकोमा तपाइको स्थायी घर भएको ठाउँबाट अविवाहित भएको सिफारिस निकाल्नु पर्दछ ।
४. अस्थायी बसोबासको सिफारिस
तपाइ नेपालको एक जिल्लामा जन्मिनु भयो र उक्त जील्लामा स्थायी रुपमा बसोबास गरेको र अन्य जिल्लाबाट कोर्ट म्यारिज गर्न चहानु हुन्छ । अर्थात तपाई अस्थाई रुपमा बसोबास गरेको जिल्लाबाट कोर्ट म्यारिज गर्न उक्त ठाउँमा बसोबास गरेको भन्ने वडा कार्यालयबाट अस्थायी बसोबास गरेको भन्ने सिफारिस निकाल्नु पर्दछ ।
५ . वडा कार्यालयबाट सिफारिस लिदाँ बिचार गर्नू पर्ने ।
वडा कार्यालयबाट सिफारिस लिदा सिफारिस पत्रमा वडा अध्यक्षको हस्ताक्षर भएको हुनु र्पदछ । यदी तपाइको सिफारिसमा वडा सदस्य र अन्य ब्यक्तिहरुको हस्ताक्षर भएको अवस्थामा उक्त हस्ताक्षर गर्न दिएको अख्तियारनामाको म्याइन्युटको फोटोकपी लिनु र्पदछ ।
६ .सिफारिसको समय
नेपालमा कोर्ट म्यारिज Court Marriage in Nepal अथवा विवाहा दर्ता र्गनको लागि गाउपालकिा र वडा कार्यालयबाट सिफारीस निकालेर १५ दिन भित्रै जिल्ला अदालतबाट विवाहा र्दता र्गनू जानु पर्दछ ।
७. बुक गर्नू पर्ने
कोभिड –१९ को माहामारी बाट बच्न अदालतले भिडभाड कम गर्ने र यस्को लागि समित मात्रामा कोर्ट म्यारिज गर्ने गरेको छ । भिडभाड कम गर्न दिनमा केही मात्रामा र्कोर्ट म्यारिज हुदै आएको छ। त्सैले हामी संग तत्काल बुक र्गनू पर्दछ ।