Topics – Marriage in Nepali legal system / Legal validity of marriage in Nepal | नेपालको कानुनमा विवाहाको परिभाषा

मुलुकी देवानी संहिता २०७४ को दफा ६७ र ७४  (२) ले  निम्न अवस्थाको विवाहा लाइ कानुनी मान्यता दिएको छ ।  

१. उत्सव समारोह भएमा दुबैले गाउँपालिका वा वडा कायार्लयमा दर्ता गर्नु पदर्छ

   २. औपचारिक अथवा अदालतमा   विवाहा दर्ता प्रकृया

३. अन्य कुनै कार्यबाट

४. गर्भधारण गरी शिशु जन्मिएमा

१. उत्सव समारोह भएमा दुबैले गाउँपालिका वा वडा कायार्लयमा दर्ता गर्नु पदर्छ

परम्परागत धार्मिक रितिरिवाज अनुसार , हिन्दु धर्ममा पण्डितको मध्यमले हिन्दु भगवानको अगाडि ,त्यस्तै  मुस्लीमको मुल्लाको माध्यमबाट अल्लाको अगाडि बसी , त्यस्तै क्रिश्चनको पादरीको माध्यमबाट जेसिसको अगाडि बसी हामी पति पत्नि भयौ भनि उत्सव समारोह बाट  घोषण गरी एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा मुलुकी देवानी संहिता २०७४ को दफा ६७ ले विवाहा भएको मानिने छ भनि कानूनि व्यबस्था गरेको छ   । रितिरिवाज अनुसार विवाहा गरेकोमा उक्त विवाहा दर्ता गाउँपालिका वा वडा कायार्लयमा  विवाहा  दर्ता गनु पर्दछ । योग्यता पुगेको पुरुष र स्त्रीले स्वइच्छाले (voluntary )    रुपमा आवेदन दिई विवाहा दर्ता हुन्छ भनेको छ र जन्म मृत्यु तथा अन्य ब्यत्तिगत घटना (दर्ता गर्ने ) ऐन २०६३ को दफा ४(ख) बमोजिम विवाहा दर्ता गर्न विवाहाको सुचना पति पत्नी दुबैले गाउँपालिका वा वडा कायार्लयमा सुचना दिनु पर्दछ ।   रितिरिवाज उत्सव समारोहमा विवाहा गरेकोमा  उक्त विवाहा भएको Evidence of a ceremony of marriage प्रमाण चाहिन्छ ।  

२. अदालतमा विवाहा दर्ता प्रकृया

अदालतमा विवाहा दर्ता गर्दा मुलुकी देवानी संहिता २०७४ को दफा बमोजिम २० बर्ष उमेर पुगेका ब्यक्तिले आफू बसेको जिल्लाको जिल्ला अदालतमा विवाहा दर्ता गर्नु पर्दछ । कोर्ट म्यारिज गर्दा महत्वपूर्ण कागजात भनेको अविवाहित भएको सिफारिस हो । अविवाहित भएको सिफारिस सम्बन्धित गाउपालिका अथवा वडा कार्यालय बाट बनाउनु पर्दछ । अदालतमा विवाहा दर्ता गर्दा बेहुला बेहुली बाट दुई जना साक्षी अदालतमा उपस्थित गराउनु पर्दछ । अदालतले दुई दिनमा विवाहा दर्ताको सर्टिफिकेट दिन्छ

३. अन्य कुनै कार्यबाट

विवाहा भन्नाले समाजमा श्रीमान श्रीमती हो भनि समाजमा घोषणा गर्ने कार्यलाई भनिन्छ । समाजिक परम्परागत विवाहामा धर्म संस्कृतिको साथमा केटा केटीले बैबाहिक सम्बन्धमा गासिएको घोषणा गर्दछन् । अदालतमा विवाहा दर्ता गर्दा समेत न्यायधीशको अगाडि श्रीमान श्रीमती हो भनि घोषणा गर्ने हो । मुलुकी देवानी संहिता २०७४ ले केटा केटीले समाजमा अन्य कुनै तरिकाले समाजमा श्रीमान श्रीमती भनि संगै लामो समय देखी बसोबास गरेका छन् भने त्यसलाई कानूनले विवाहाको दर्जा दिएको छ ।समाजमा कागज गरेर मेरो श्रीमती हो भनी स्वीकार गरेको अथवा समाजमा श्रिमान श्रिमती हो भनि घोषणा गरेको अवस्थमा सर्वोच्च अलालतले  नारयणी लामिछाने बिरुद्ध सरिता श्रेष्ठ (ने.का.प  २०७४ असोज महिना अङ्क ६ नि.न ….पेज      )  मा नाता कायम गरेको अवस्था छ । सर्वोच्च अदालतले नेपाली समाजमा यदी कसैले लेखेर वा बचन मार्फत श्रिमती हो भनि स्वीकार गरेको अवस्थामा प्रमाण मा लिन मिल्छ भन्ने आशय छ । मैले कहिले कहि कतै लेखेर बचनबाट मेरो श्रीमती भनि उल्लेख गरेमा कानुनले विवाह गरेको भनि भन्दछ  । सर्वोच्च अदालतको अम्बिका भट्टराई बि उद्ववप्रसाद भट्टराईसमेत (ने.क.प २०६३    भाग ४८    अक ४  नि.न  ७६९०    पेज ५२६) मुद्दामा भएको ब्याखाले समेत स्पष्ट पार्दछ । उक्त नजिरमा “ कुनै दुई प्रेमी प्रेमिकाका रुपमा बस्नु र लोग्ने स्वास्नी भै बस्नु दुई अलग अलग स्थिति र अवस्था हुन्छ । प्रेम हुदैमा विवाह हुनै पर्ने बाध्यता नहुने ” भन्ने सिद्वान्त प्रतिपादन भएको छ ।

४. गर्भधारण गरी शिशु जन्मिएमा

यदी लामो अबधि सम्म महिला र पुरुष संग्गै बसेको अथवा एकै  कोठा एकै छानामुनी Under the same roof cohabited for number of your  बसोबास गरेर  बच्चा जन्माएको हुनु पर्दछ ।  मुलुकी देवानी संहिता २०७४ को दफा  ७४ बमोजिम यदी शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने भनि ब्याखा भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *