५ आवश्यक जानकारी विदेशी संग विवाहा गर्नू अघि राख्नू पर्ने (5 things you need to do before marryaing a foreigner)

5 precautions marrying a foreigner

विदेशी नागरिक विवाह गर्नु अघि विचार गर्नु पर्ने कुरा

काठमाडौँ जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन् । अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यनाडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तानलगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन् ।

नेपालमा आमा बुवाले आफ्नो छोरा छोरीलाई विदेशी संग विवाह गराउदा आफ्नो प्रतिष्ठा मान सम्मान  बडेको सम्झन्छन् ।  विदेशी संग संगको विवाह राम्रो हुन्छ भन्ने छैन । विदेशी संगको विवाह गर्दा धेरै कुराको बिचार गर्नु पर्ने हुन्छ ।

विदेशी संग विवाह गर्नु अघि विचार गर्नु पर्ने कुराहरु

१ ) ब्यक्तिगत सूचना पत्ता लगाउनु होस् विदेशी संग विवाह गर्नु अघि नेपालीहरूले विदेशी केटा वा केटीको सम्पूर्ण ब्यक्तिगत सूचना पत्ता लगाउनु होस् ।  विदेशी केटा वा केटी अविवाहित हो वा होईन , सम्बन्ध विच्छेद भएको , छुट्टिई बसेको अवस्था  वा एकल हो होइन , रोजगारीको सम्पूर्ण विवरण , शैक्षिक योग्यता , जागिरको विवरण , सबै खोज्नु पर्दछ । विदेशीसंग विवाह गर्नु पर्दा कहिल्यै पनि गोप्य तरिकाले विवाह नर्गनु । विवाह हुन लागेको खबर सम्पूर्ण साथिभाई नातागोतालाई भन्नु होस् । तपाईले विवाह गर्न लागेको केटा वा केटीलाई तपाईको नातागोता साथी भाईले चिनेको हुन सक्छ र महत्वपूर्ण जानकारी तपाईले प्राप्त गर्नु हुनेछ 

२)  विदेशीको आर्थिक अवस्था पत्ता परिवारिक हैसियत पत्ता लगाउनु होस् विवाह जस्तो कुरामा फोनमा कुरा गरेको आधारमा विवाह गर्ने सोच नबनाउनुस् । विदेशीको परिवार बुझेर भेटेर मात्र विवाहको फैसला गर्नु पर्दछ निजको परिवारको अन्य सदस्यको अथिक हैसियत र कुन ठाँउमा बसोबास गरेका हुन् सम्पूण विवरण खोज्नु पर्दछ । म्यारिज ब्युरो र बीचको मान्छेले भनेको आधारमा पूर्ण विश्वास गरी विवाह गर्नु हुदैन ।

३)  विदेशीको  भिसा पासर्पोट , भोटर कार्ड , सामाजिक सुरक्षा नम्बर समेत खोजेर लिनु पर्छ । अथवा स्कान गरेर विश्वासिलो साथिलाई दिनु पर्छ । विवहा गर्दा भनेको कुरा हरुको आपसमा चेक गर्नु होस् ।

४ )  जिल्ला अदालतमा गई अनिवार्य रुपमा विवाह दर्ता गर्नु विवाह जीवनमा गरिने महत्वपूर्ण फैसला हो । विवाह गर्दा कहिल्यै हतारमा नगर्नु होला । विदेश जाने सोच बनाएर अथवा ग्रिनकार्ड पाउने उद्देश्यले नक्कली विवाहा गरी विवाह दर्ता गर्नु हुदैन । विवाह   दवाबमा गर्नु हुदैन  विदेशीसंग विवाह गर्दै हुनु हुन्छ भने  नेपालमा हो भने आफू बसोबास गरेको  जिल्ला अदालतमा गई अनिवार्य रुपमा विवाह दर्ता गर्नु पर्दछ । यदी तपाई विदेशमा हुनु हुन्छ भने सम्बन्धित राजदुतावासमा गई विवाह दर्ता गर्नु पर्दछ । विवाहा गर्दा खिचेको फोटो हरु सुरक्षित राख्नु पर्दछ ।

 ) तपाई विदेशमा विवाह गरी जानु भएको छ भने तपाई विदेशमा जाने वित्तिकै आफू बसेको ठाउमा बैंक खाता खोल्नु होला । तपाइले बैंक खाता खोलेको खण्डमा अप्ठारो परेको अवस्थामा उक्त जम्मा गरेको पैसा तपाईले उपभोग गर्न सक्नु हुनेछ । विदेशी कानून पढ्नु , महिला हिंसामा परेको अवस्थामा के गर्ने कुन ठाँऊमा जाने सबै बिचार गर्नु पर्दछ । तपाई विदेश गए पछि त्यँहा रहेका  आफन्तहरु  संग सम्पर्कमा रहनुस् । सकेसम्म आफू बसोबास गरेको ठाँउको भाषा सिक्नु होस् ।

4 thoughts on “<h2><font color="#ed8702">५ आवश्यक जानकारी विदेशी संग विवाहा गर्नू अघि राख्नू पर्ने (5 things you need to do before marryaing a foreigner)</font></h2>”

  1. I am very thankful to this institute which has been well established to look into the various factors concerning mariage of couples from various backgrounds. It is sincerely working to help our needy couples coming from different places and situations. It is very much concerned about the future of the marrying couples and their parents. I like the legal support and guidance which is as per the laid down rules and regulations of the Government of Nepal. One of my relatives who got married through this institution are very safe and happy. I hope our newly wedding couples would take the benefits of this genuine Court Marriage Legal office. I extend my best wishes to this institution.

Leave a Comment

Your email address will not be published. Required fields are marked *