
मानिसको जीवनमा कानूनको निकै ठूलो महत्व हुन्छ । कानूनले ब्यक्तिको अधिकार सुनिश्चित गर्दछ । हाम्रा बाबु बाजेहरुले परापूर्बकाल देखी परम्परागत विवाहा गरी जीवन निर्वाहा गर्दै आउनु भएको थियो । अहिलेको हाम्रो समयमा समाज निकै यान्त्रिक भएको छ । ब्यक्तिले समाजमा आ?फ्नो अस्तित्व कायम गर्न र राज्यबाट प्रप्त गरेको सबिधा प्राप्त गर्न समेत जन्म , विवाहा र मृत्यू अनिर्वाय दर्ता गर्नू पर्दर्छ । विवाहा अदालतमा दर्ता गर्दा निम्न फाइदा हुन्छ ।
१ )वैवाहिक सम्बन्धको सुनिश्चता
वैवाहिक सम्बन्धमा परिवर्तन आएको छ । मुलुकी ऐन लागू हुँदाको अवस्थामा कसैले वहु विवाहा गरेको अवस्थामा सजायको ब्यबस्था मात्र गरेको थियो । कुनै पनि महिला पुरुषले सजाय पाए पछि विवाहाले कानूनी मान्यता पाउने गरेको थियो । नेपालमा संन २०१७ साल देखी जब देवानी संहिता नेपालभर लागू भयो विवाहा सम्बन्धि कानूनमा ठूलो परिवर्तन भयो । देवानी संहिताले वहु विवाहालाई फौजदारी अपराध कायम गरी सजाँयको व्यबस्था गर्नूको साथ साथै दोश्रो विवाहा गरेमा दोश्रो विवाहाले कानूनी मान्यता पाउदैन । यदी तपाईले परम्परागत विवाहा गर्नू भएको छ र विवाहा सम्बन्धि विवाद भएमा परम्परागत विवाहाले कानूनी मान्यता पाउदैन । कानूनी मान्यता पाउनको लागि अनिवार्य विवाहा दर्ता
गर्नू पर्दछ ।
२ )जन्मिने छोरा र छोरीको अस्तित्वको लागि
तपाईले अदालतमा विवाहा दर्ता गर्नू भएन भने पछि तपाईले जन्माएको छोरा छोरी हरुको जन्मदर्ता गर्न नागरिकता लिन समेत समस्या पर्दछ । विवाहा दर्ता गर्नू भएन भने बच्चाहरुको जन्म दर्ता गर्न श्रीमान श्रीमती दुबै तपाई बसोबास गर्नू भएको स्थाई ठेगना भएको गाउपालिका वा वडा कार्यालयमा जानु पर्दछ । यसरी तपाईको जीवनमा पछि सम्म प्रवाभ पर्न सक्ने हुँदा आजै सम्बन्धित जिल्ला अदालतमा गई विवाहा दर्ता गर्नू पर्दछ ।
३) बिदेशमा डिपेन्डेन्ट भिसा र वैवाहिक भिषाको लागि
नेपालमा प्रायजसो युवा हरुको उदेश्य विदेश गएर अध्यन गर्ने रोजगारी गर्ने हुन्छ । विदेश जँदा तपाईले तपाइको श्रीमतीलाई समेत विदेशमा डिपेन्डेन्ट भिसामा लैजान पाउनु हुनेछ । तपाईले सम्बन्धित अदालतमा विवाहा दर्ता गरेमा मात्र तपाईको डिपेन्डेन्ट भिसाको प्रकृया सुरु हुने गर्दछ । यसैले बिदेश जानको लागि अनिवार्य रुपमा विवाहा दर्ता गर्नू पर्दछ ।
४) तपाईले जीवन बिमा इन्सुरेन्स गर्न पर्ने भएमा
तपाईले जीवन बिमा गर्नू पर्ने भएमा तपाईको विवाहा गरेको हो होईन भनि खुलाउनु पर्ने हुन्छ । भविश्यको सुरक्षाको लागि दम्पत्तिको तर्फबाट जीवन बिमा गर्दा लाभदायक हुने हुँदा विवाहा दर्ता गरेमा तपाईको उक्त अधिकार सुरक्षित हुन जान्छ ।
५) आर्थिक सुरक्षाको लागि
विवाहा जीवनको महत्वपूर्ण कार्य हो । विवाहा पारिवारिक जीवन सुखद होस् भनि पारिवारिक सम्बन्धमा बाधिएको हुन्छ । वैवाहिक सम्बन्ध सोचे जस्तो हुदैन । विवाहा गर्नू अघि एक अर्कोलाई राम्रोसंग बुझेर माया प्रेम गरेको अवस्थामा समेत विवाहा गरेको केही दिनमानै खटपट सुरु हुन्छ। केटा वा केटीको विवाहा गर्नू अघि सबै बानि ब्यहोरा थाहा नहुन पनि सक्छ । यदी तपाईलाई विवाहा पश्चात घरबाट निकालेमा तपाईले आर्थिकरुपमा सुरक्षित हुनको लागि लोग्ने संग मासिक खर्च माग गरी मानाचामल मुद्दा हाल्न ,अशं दाबीगरेर मुद्दा हाल्न समेत विवाहा दर्ता अनिवार्य गर्नू पर्दछ ।
६ ) विदेशीसंग विवाहा गर्दा अनिवार्य विवाहा दर्ता गर्नू पर्दछ ।
नेपालमा रोजगार र अध्यनगर्न विदेशजाने प्रचलन बड्दै गएको छ । विदेशामा नेपाली जान थालेपछि सो ठाउँमा बसोबास गर्ने र बिदशको स्थायीरुपमा बसोबास गर्ने र विदेशको नागरिकता लिने गर्दछन् । यसरी विदेशमा गएका नेपालीहरुले बिदेशमा स्थाई बसोबास गरेपछि विवाहाको लागि नेपालमा आउने गर्दछन् । त्यस्तै बिदेशीहरुले पनि नेपालमा विवाहा गर्न चाहेमा अनिवार्य विवाहा दर्ता गर्नू पर्दछ ।